११ वैशाख,काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथग्रहण आज हुने भएको छ।
आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको बताइएको हो।
एमालेबाट समानुपातिक सांसद रहेका पन्तलाई निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि हिजो नियुक्त गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक पन्त केही समयदेखि समर्थक बनेपछि मन्त्री बन्ने लाइनमा आएको बताइन्छ।