११ वैशाख, काठमाडौँ । काँग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधि सभा सदस्य शशांक कोइरालाले आफ्नै निवासमा चियापान कार्यक्रम आयोजना गरेका छन् । उनले पार्टीका पूर्व पदाधिकारीहरू लगायत नेता कार्यकर्तालाई महाराजगन्जस्थित निवासमा निमन्त्रणा गरेर उक्त कार्यक्रमको आयोजना गरेका हुन्।
काँग्रेस महाधिवेशनको बहस चलिरहेको बेला उक्त भेला बोलाइएको हो। नेताहरू कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहितका नेताहरू उपस्थित भएका छन्। अहिले कोइराला निवासमा पूर्वपदाधिकारीहरूको बैठक सुरु भएको बताइएको छ।
महाधिवेशनमा प्रभावकारी भूमिकासहित प्रस्तुत हुने टिम निर्माणको लागी चियापानसहित बैठक बोलाइएको स्रोतले जनाएको छ।