११ वैशाख, काठमाडौँ । सरकारी सरह निर्वाह भत्ता पाउनु पर्ने भन्दै आन्दोलनमा रहेका नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरू र स्वास्थ्यमन्त्रीबिच वार्ता सुरु भएको छ। आज माइतिघरमा प्रदर्शन उत्रेका स्वास्थ्यकर्मीहरू स्वास्थ्य मन्त्रालय पुगेर वार्तामा बसेका हुन्।
उनीहरूले शुक्रवारबाट आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएपछि अहिले वार्ता सुरु भएको हो।
शिक्षामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मङ्गल रावल लगायत छन् ।
निजी मेडिकल कलेजले चिकित्सक शिक्षा आयोगको गत माघको बैठकले गरेको निर्यण अनुसार आठौँ तहको तलब सुविधा नदिएसम्म देशैभरका निजी मेडिकल कलेजले दिने सेवा बन्द गर्ने चेतावनी दिएका थिए।