समाचार

भोली संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली 

११ वैशाख, काठमाडौँ । भोली बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। देशको समग्र परिस्थितिको बारेमा उनले सम्बोधन गर्न  लागेको बताइएको छ। 

अहिले देशैभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू सडक प्रदर्शनमा छन्। पठन पाठन ठप्प छ। अर्को तर्फ व्यवस्था नै बदलेर देशमा राजा फर्काउने भन्दै राप्रपा लगायतका केही समूहले पछिल्लो समय आन्दोलन गरिरहेका छन्।  

यी लगायत यावत विषयमा प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो।