११ वैशाख, काठमाडौँ । काठमाडौँको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ। कलङ्कीबाट थानकोट जाँदै गरेको बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो।
बसको फाइबरको तारमा बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ। आगलागी पश्चात् तत्कालै दमकलको सायताले आगो निभाइएको थियो । आगलागी पश्चात् बस पूर्ण रूपमा जलेको छ।