समाचार

सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्न पार्टीले सिकाएन त्यसैले मलाई एमाले मनपर्छ : उपमेयर डंगोल 

११ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले एमालेलाई घर जलाउन तोडफोड गर्न र सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नआउने बताएकी छन्। 

आज लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता कुरा आफ्नो पार्टीले नसिकाउने बताएकी हुन्। 

उनले  एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैँ प्रेरित गरिरहने पार्टी भएकाले आफूलाई एमाले मन परेको बताइन। 

स्टन्ट  गरेर सामाजिक सञ्जाल मा जथाभाबी लेखेर देश नबन्ने उनको भनाइ छ। देश निर्माणको लागी मेहनत गरेर काम गर्नु पर्ने र त्यो कुरा एमाले पार्टीले गर्दै आएको जिकिर गरिन्।