सामाजिक सञ्जाल

कान्छाराममाथि महेश बस्नेको गम्भीर आरोप:  गभर्नर नियुक्तिमा २० करोड डिल गरेको प्रमाण फेला परेपछि बर्खास्तमा परे  

११ वैशाख, काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्तमा परेका कान्छाराम तामाङमाथि गम्भीर आरोप लगाएका छन्। उनले राष्ट्र बैकको गभर्नर नियुक्तिमा लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त  गर्नु परेको आरोप लगाएका हुन्। 

आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो लेखेका हुन्। उनले निवर्तमान राज्यमन्त्री तामाङलाई सारा ठेक्का सेटिङमा पार्ने र काम चोरेर अलपत्र पर्ने गरेको समेत बताएका छन्। उनको नाममा अझै २० वटा भन्दा बढी योजना कालो सूचीमा रहेको बस्नेतले आरोप छ। 

उनले लेखेका छन्, “जो चोर उसकै ठुलो स्वर भने झैँ अचेल कान्छाराम मिडियामा प्रधानमन्त्री विरुद्ध राजनीतिक आडमा पद फुस्के पछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ।”