शिक्षा

शपथ ग्रहण गरेसंगै शिक्षामन्त्रीले भनेः भर्खर मन्त्रालय आएँ अब शिक्षकको माग बुझेर वार्ताबाट समाधान गर्छु

११ बैशाख, काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक आन्दोलन समाधानका लागि वार्ता प्रक्रिया अघि बढाउने बताएका छन्।

बिहीबार पदभार ग्रहण गर्दै मन्त्री पन्तले समस्या बुझेर व्यावहारिक कदम चालिने स्पष्ट पारे। “भर्खर मन्त्रालयमा आएको छु, विषय बुझ्नेछु र संवादमार्फत हल खोज्नेछु, अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।,” उनले भने।

पदभार ग्रहणसँगै उनले मन्त्रालयको कार्यसम्पादनका लागि कार्यविधि निर्माण समिति गठन गरेका छन्, जसलाई १५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ।