११ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पर्सि शनिवार बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ।
भोलि वैशाख १२ गते संसद् बैठक बस्ने तयारी छ भने एमालेले भने पर्सि शनिवार २ बजेको बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो।
भोली बस्ने संसद् अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ भने त्यसपछिका बैठकमा पार्टीको तर्फ कसरी प्रस्तुत हुने भन्ने विषयमा एकै धारणा बनाउनको लागी संसदीय दलको बैठक बस्ने लागेको हो।