अन्तर्राष्ट्रिय

फिलिपिन्सको राजधानीमा सवारी दुर्घटनाः तीन जनाको मृत्यु, १० जना घाइते

११ वैशाख, मनीला । फिलिपिन्सको राजधानी मनीलामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुर्घटना बुधबार राति मारीकीना सिटीमा भएको हो ।

पुलिसका अनुसार, उकालो चढ्ने क्रममा एक ट्रक सडकमा पल्टिएपछि दुर्घटना भएको हो । त्यसपछि अन्य सवारीहरू पनि एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा एक ट्रेलर ट्रक, दुईवटा यात्रु जीपनी, दुईवटा कार र एउटा स्पोर्ट युटिलिटी सवारी संलग्न थिए ।
मारीकीना सिटीको विपद् व्यवस्थापन कार्यालयले चालकसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पुलिसले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।