११ वैशाख, काठमाडौँ । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनका विषयमा सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र समाधान खोज्न निर्देशन दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आदेश दिँदै शिक्षकहरूका संविधानसम्मत माग तुरुन्त सम्बोधन गर्न र पठनपाठनको वातावरण बनाउन भनेको हो।
शिक्षकहरू शिक्षा ऐन जारी गर्नेलगायत मागसहित आन्दोलनमा छन्। विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अधिवक्ता चौधरीले चैत १० गते रिट दायर गरेका थिए।
सर्वोच्चको आदेश :



