ब्रेकिङ न्युज

सर्वोच्चले भन्यो : कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्नु

११ वैशाख, काठमाडौँ । कक्षा १२ को परीक्षा तालिका फेरबदल गर्न नपाइने भन्दै सर्वोच्च अदालतलेआदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले परीक्षा समयमै सञ्चालन गर्न निर्देशन दिँदै शिक्षक आन्दोलनका कारण परीक्षा फेरि सार्दा लाखौं विद्यार्थीको भविष्य संकटमा पर्ने देखिएको उल्लेख गरेको छ।

यसअघि आन्दोलनका कारण परीक्षा ११ वैशाखबाट सारेर २१ वैशाखमा तोकिएको थियो।