ब्रेकिङ न्युज

अमेरिकाबाट डिर्पोट गरिएकालाई गैर कानुनी थुनामा नराखी मुक्त गर्न सर्वोच्चको आदेश

११ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतले अमेरिकाबाट नेपाल फर्काइएका भुटानी शरणार्थीहरूलाई गैर कानुनी थुनामा राखिएको भन्दै थुना मुक्त गर्न आदेश दिएको छ । 

सर्वोच्च अदालतले दिएको निर्देशनमा स्थान हद शब्दको दुरुपयोग गरेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ गर्दै चार जना भुटानी शरणार्थीलाई थुनामा राखी गैर कानुनी कार्य गरेको भन्दै थुनामुक्त गर्न आदेश दिएको छ । 

,सर्वोच्चले भनेको छ ‘इलाका प्रहरी कार्यालय, काँकडभिट्टा, झापामा स्थान हद तोकी निवेदकहरूलाई थुनामा राखेको कार्य उक्त कानुनी व्यवस्थाको भावना र मर्म अनुकूल हुनसक्ने देखिएन ।’

झापा अध्यागमन कार्यालयले थुनामा राखेको विषयमा सर्वोच्च अदालतको आपत्ति रहेको र थुनामुक्त गर्न आदेश आएको छ । यस सँगसँगै अमेरिकाबाट डिर्पोर्ट गरिएकाहरूमा थुनामा पर्ने डर घटेको छ ।