१२ वैशाख, काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सर्वोच्च अदालतले गरेको आदेश विद्यालय बन्द भएको कुरा प्रति चिन्ता व्यक्त भएर आएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन संसद्को अधिवेशनबाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा आएको जिकिर गरेका हुन्।
महासचिव पोखरेलले अदालतको आदेश पछि अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन्। सर्वोच्चले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र विद्यालय फर्काउने वातावरण तयार गर्न आदेश दिएपछि हालसम्म भएका सहमतिलाई औपचारिक रूप दिन आग्रह गरेका हुन्।
उनले शिक्षक र सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्छौ भन्दा पनि लिएर मात्र जाने हठ त्याग्न शिक्षकहरूलाई सुझाव पनि दिएका छन्।
