१२ वैशाख, काठमाडौँ। सूर्य ज्योति लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको खुद नाफा ३१ प्रतिशतले वृद्धि भएर २९ करोड ५७ लाख रुपैयाँ देखाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीले उक्त नाफा आर्जन गरेको हो ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको नाफा २२ करोड ४२ लाख रुपैयाँ मात्र थियो। यस वर्ष खुद प्रिमियम आम्दानी र कुल आम्दानीमा वृद्धि हुँदा कम्पनी नाफामा गएको जनाएको छ।
अब कम्पनीको खुद प्रिमियम आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ बाट बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ६ रुपैयाँ ५८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ८७ पैसा पुगेको छ।