आर्थिक

घट्यो सुनको मूल्य

१२ वैशाख, काठमाडौँ। सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।