‘१२ वैशाख, बेइजिङ । शेन्जोउ–२०’ अन्तरिक्ष यानमा सवार तीनजना चिनियाँ अन्तरिक्ष यात्रीहरू शुक्रबार बिहान पृथ्वीको कक्षमा अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूले ‘शेन्जोउ–१९’ मा रहेका अर्का तीनजना अन्तरिक्ष यात्रीहरूसँग भेट गर्दै अन्तरिक्षमा नयाँ समूह हस्तान्तरण प्रक्रिया सुरु गरेका हुन् ।
‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष मिसन हो, जुन सन् २०२५ मा चीनको ‘तिआनगोंग’ अन्तरिक्ष केन्द्रमा नयाँ अन्तरिक्ष यात्री टोली पु¥याउन प्रक्षेपण गरिएको थियो । यो शेन्जोउ सिरिजको २०औँ मिसन हो र यसको मुख्य उद्देश्य अन्तरिक्ष केन्द्रमा पहिलेबाट रहेका अन्तरिक्ष यात्रीहरूसँग भेट गरी नियत कार्यहरू सम्पन्न गर्नु तथा जिम्मेवारीको हस्तान्तरण गर्नु हो । शेन्जोउ–२० को सफल मिसनले चीनको दीर्घकालीन अन्तरिक्ष अन्वेषण कार्यक्रमलाई अझ मजबुत बनाएको छ ।
चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी सीएमएसएका अनुसार, शेन्जोउ–१९ टोलीले शुक्रबार बिहान स्थानिय समय १ः१७ बजे ढोका खोलेर शेन्जोउ–२० टोलीलाई स्वागत गरेका थिए ।
छैटौँ पटकको यस्तो अन्तरिक्ष भेटघाटको अवसरमा सबै ६ अन्तरिक्ष यात्रीहरूले सामूहिक फोटो पनि खिचेका छन् ।
सीएमएसएका अनुसार, दुबै टोलीले आगामी पाँच दिनसम्म सँगै बस्ने र निर्धारित कार्यहरू तथा हस्तान्तरण प्रक्रिया सम्पन्न गर्नेछन् ।
शेन्जोउ–१९ टोली आगामी अप्रिल २९ मा उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रस्थित डोङफेङ अवतरण स्थलमा फर्किने तालिका रहेको बताइएको छ ।