शिक्षा

शिक्षक महासङ्घलाई वार्तामा आउन शिक्षामन्त्री पन्तको आग्रह 

१२  वैशाख, काठमाडौँ। शिक्षामन्त्री रघु जी पन्तले आन्दोलनरत शिक्षा महासङ्घलाई यथाशीघ्र वार्तामा आउन आग्रह गरेका छन्।  आज एक विज्ञप्ति जारी गर्दै उनले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यालयका शिक्षकहरू आन्दोलनमा रहेको कुराले आफूलाई ध्यानाकर्षण  गराएको बताएका छन्। 

उनले विधेयक संसद् मा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायीकी एवम् कानुनी बन्दोबस्त रहेका छन् र सबैलाई जानकारी रहेको भन्दै  यथाशीघ्र वार्तामा आउन आग्रह गरेका हुन्।  शिक्षकहरूको चासोप्रति सरकार संवेदनशील रहेको उनको भनाइ छ।।