१२ वैशाख, काठमाडौँ । लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरू र सरकारबीच आज पुनः वार्ता हुन लागेको छ। नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको सक्रियतामा वार्ताको वातावरण बनेको हो। मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो दृष्टिकोण अपनाएर संवादमा आउन आग्रह गरेका छन्।
शिक्षक आन्दोलन चैत २० गतेदेखि जारी छ भने यसबीचमा वार्ताका प्रयासहरू असफल भएका थिए। तर, सर्वोच्च अदालतको आदेशपछि सरकार दबाबमा आएको छ। अदालतले तीन दिनभित्र समस्या समाधान गरी पठनपाठनको वातावरण बनाउने निर्देशन दिएको थियो।
सरकारको प्रतिनिधित्व गर्दै मन्त्री पन्तले आज अपराह्न ३ बजे वार्ता गर्नेछन्। “ऐन, कानुन र बजेटको सीमाभित्र समाधान खोज्न तयार छौं,” मन्त्री पन्तले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग भने।
शिक्षक महासंघले यसपटक संवादमा बस्ने भएका छ। वार्ताबाट निष्कर्ष आउने अपेक्षा गरिएको छ।