१२ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले काँग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नरहेको बताएका छन्।
आज संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दैन उनले राजतन्त्रको सवालमा काँग्रेस पाटीको मार्गचित्र यतिकै नबदलिएको बताएका हुन्।
प्रमुख सचेतक घिमिरेले राजसंस्थाको दम्भ घमण्डले शासन गर्ने आकाङ्क्षा बढेपछि देशमा गणतन्त्र स्थापना भएको बताए। उनले राजसंस्था अन्त्य हुनुमा राजामा भएको राजकीय दम्भ घमण्ड नै दोषी रहेको जिकिर गरे।