शिक्षा

शिक्षक आन्दोलन : वार्ताको लागि २५ जनाको टोली पुगे सिंहदरबार

१२ वैशाख, काठमाडौं । सरकारको वार्ता प्रस्तावपछि नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सिंहदरबार पुगेका छन्। लामो समयदेखि आन्दोलनरत रहेका शिक्षकहरू शुक्रबार दिउँसो छलफलका लागि सिंहदरबार प्रवेश गरेका हुन्।

शिक्षामन्त्री रघुजी पन्त र सचिव डा। दीपक काफ्लेले शुक्रबार छुट्टाछुट्टै वार्ताको निम्तो पठाएपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना शिक्षक नेताहरू छलफलमा सहभागी हुन गएका हुन्।