१२ वैशाख, काठमाडौं । सरकारको वार्ता प्रस्तावपछि नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सिंहदरबार पुगेका शिक्षकहरु फर्किएका छन् । लामो समयदेखि आन्दोलनरत रहेका शिक्षकहरू शुक्रबार दिउँसो छलफलका लागि सिंहदरबार गएका थिए ।
शिक्षामन्त्री रघुजी पन्त र सचिव डा. दीपक काफ्लेले शुक्रबार छुट्टाछुट्टै वार्ताको निम्तो पठाएपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना शिक्षक नेताहरू छलफलमा सहभागी हुन गएका टोली वार्ता नगरि फर्किएका छन् ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन्ः
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।