समाचार

शिक्षक-सरकार वार्ता:  शिक्षकहरू फर्किएपछि पास लिएर गेटमा पुग्यो मन्त्रालयको टोली  

१२ वैशाख, काठमाडौँ । वार्ता गर्न सिंहदरबार पुगेका शिक्षक महासङ्घमा अध्यक्ष लगायतको टोलीलाई  सिंहदरबार प्रवेश नदिएपछि फर्किएका छन्। शिक्षकहरू फर्किए लगत्तै गेट पास लिएर मन्त्रालयको तर्फबाट सहसचिवको टोली गेटमा पुगेको हो। 

शिक्षा मन्त्रालय जानका लागि आफ्नो परिचय खुल्ने कागजातसहित गएका शिक्षकहरूलाई प्रवेशमा रोक लगाएपछि उनीहरू फर्किएका हुन्। 

वार्तामा बोलाएर सिंहदरबार छिर्न नदिएपछि  शिक्षामन्त्री र महासङ्घको वार्ता आजको बिथोलिएको छ। शिक्षामन्त्री रघुजी पन्तले विज्ञप्ति मार्फत वार्तामा यथाशीघ्र आउन आग्रह गरेका थिए। 

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरू फर्किएको फेसबुक मार्फत जानकारी दिएका हुन्।