१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार अझै १४ महिना टिक्ने बताएका छन्। आज प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अबको १४ महिना पछि आफूले राजीनामा दिने र काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने जिकिर गरे।
प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ साल नयाँ सरकार भन्दै सत्ता समीकरण बदलिन सक्ने सङ्केत गरेपछि सरकार फेरबदलको चर्चा सतहमा आएको हो। कतिपय कुरामा पछिल्लो समय काँग्रेस-एमालेबीच गठबन्धनमा खटपट भएको समेत देखिएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी बैठकमा सत्तागठबन्धनबारे काँग्रेस सभापति देउवासँग कुरा गर्ने बताए पछि यो विषय झनै चर्चामा आएको हो।