अन्तर्राष्ट्रिय

ट्रम्प जुनियर हङ्गेरीमा अनौपचारिक कुटनीतिक वार्तामा सहभागी

१२ वैशाख, बुडापेस्ट । हङ्गेरीको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले उच्च कूटनीतिज्ञसँग शुक्रबार अनौपचारिक भेटवार्ता गरेका छन् ।

डोनाल्ड ट्रम्प जुनियरको आफ्नो बुबाको नेतृत्वको अमेरिकी प्रशासनमा कुनै औपचारिक स्थिति छैन तर उनले क्रिप्टोकरेन्सीलगायत पारिवारिक व्यवसायको नेतृत्व गर्छन् ।

उनले अक्सर सार्वजनिक रूपदेखि राजनीतिक मामलाहरूमा ट्रम्पको प्रशासनिक नीतिका आधारमा आफ्नो क्षमताको प्रदर्शन गर्दै पारिवारिक व्यवसायको जिम्मेवारीलाई वहन गरेका छन् ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्टोले पत्रकार सम्मेलनमा भने, “हामीले आज बिहान डोनाल्ड ट्रम्प जुनियरसँग संक्षिप्तरूपमा अनौपचारिक भेटवार्ता गरेका छौँ ।”

विदेशमन्त्री सिजार्टोले भने, “हामीले कुनै पनि विषयमा औपचारिक वार्ता गरेका छैनौँ किनभने उहाँसंयुक्त राज्य अमेरिकाका आधिकारिक प्रतिनिधि हुनुहुन्न । त्यसैले यसलाई दुई व्यक्तिबीचको सामान्य छलफल वा कुराकानी भन्न रूचाएको छु ।”

स्थानीय आर्थिक समाचार अनलाइनका अनुसार ट्रम्प जुनियरलाई हङ्गेरीका एक व्यापारीले बुडापेस्टमा ‘पारस्परिक व्यावसायिक लाभमा आधारित आर्थिक सहयोग स्थापना गर्न’ निमन्त्रणा गरेका हुन् ।

पदीय मर्यादाअनुसार ट्रम्प जुनियरले बन्द कोठामा अमेरिकी नयाँ व्यापार नीतिबारे छलफल गर्ने र उनको सम्मानमा आयोजित भोजमा सहभागी हुनेछन्।

ट्रम्प जुनियरले गत वर्ष बुडापेस्टको भ्रमण गर्नुभएको थियो । उनले हङ्गेरीका प्रधानमन्त्री ओर्बानसँग पनि वार्ता गरेका थिए । उक्त वार्ताले आफ्ना ‘प्रिय मित्र’ राष्ट्रपति ट्रम्पसँगको न्यानो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल भएको थियो ।

ट्रम्प जुनियरले आगामी दिनमा बुल्गेरिया र रोमानियालगायत यस क्षेत्रका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

सोफियास्थित डिजिटल एसेट्स प्लेटफर्म नेक्सोले आइतबार आयोजना गरेको ‘ट्रम्प बिजनेस भिजन २०२५’ फोरममा उनी सहभागी हुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

इजरायलका आविसकार, विज्ञान तथा प्रविधिमन्त्री गिला गाम्लिएलले पनि उक्त कार्यक्रममा भाग लिने अपेक्षा गरिएको छ ।