१२ वैशाख, काठमाडौं । शिक्षक आन्दोलन समाधानका लागि सरकारसँगको वार्ताका लागि सिंहदरबार पुगेका नेपाल शिक्षक महासंघका प्रतिनिधि गेटबाटै फर्किएका छन्।
शिक्षामन्त्री र सचिवले बोलाएपछि अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना नेता सिंहदरबार पुगे पनि सूची विवादका कारण प्रवेश नै नपाई फर्किएका हुन्। महासंघले तयार नगरेको सूची मन्त्रालयले सार्वजनिक गरेको भन्दै शिक्षकहरूले आपत्ति जनाएका छन्।
सुरक्षाकर्मीले ठूलो संख्यामा आएकाले रोक लगाएपछि स्थिति तनावग्रस्त बनेको थियो। मन्त्रालयका अधिकारी र प्रहरी हाकिम गेटमै पुगे पनि शिक्षक नेताहरू वार्तामा सहभागी भएनन्।
शिक्षामन्त्रीले नयाँ वार्ता टोली बनाएर मात्र छलफल अघि बढाउने बताएका छन्।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन् :

यो पनि हेर्नुस् :
वार्ताको निम्तोपछि सिंहदरबार पुगेका शिक्षक नेताहरु मन्त्रालय प्रवेश नगरी फर्किए