१३ वैशाख, काठमाडौँ । सरकार र शिक्षक महासङ्घको हिजो वार्ता भाँडिएपछि आज पुनः सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको छ। महासङ्घले वार्ता टोली बनाएर वार्तामा बसेको हो।
हिजो शुक्रवार वार्तामा बस्ने भनिए पनि अन्तिम समयमा वार्ता भाँडिएको थियो।
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेपछि उनले हिजो वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए।
शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएपछि देशैभरका सामुदायिक विद्यालयमा पठन पाठन ठप्प छ।