समाचार

शिक्षक-सरकार वार्ता सकियो,भयो त सहमति ?

१३ वैशाख, काठमाडौँ । सरकार र शिक्षक महासङ्घको वार्ता सकिएको छ। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरी बस्ने गरी टुङ्गिएको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिएका हुन्। 


अध्यक्ष सुबेदीका अनुसार  शिक्षकहरूको आन्दोलन भने जारी रहने छ। उनले आफूहरू शिक्षा मन्त्रालय पुगेर आफ्ना मागबारे सरकारलाई जानकारी गराएको र अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो र यसबाट महासङ्घ टसमस नहुने जानकारी गराएको बताए। 

हिजो शुक्रबार वार्तामा बस्ने भनिएपनि अन्तिम समयमा वार्ता भाँडिएको थियो।

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछि उनले हिजो वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए।