१३ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले लाज पचाएर शिक्षकहरूको अपमान गरिरहेको आरोप लगाएका छन् । उनले अदालतले आदेश दिँदा पनि माग पुरा गर्नेतर्फ सरकार नरहेको बताएका हुन्।
आज प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक, सदन र मोर्चाबाट शिक्षकका मागका सन्दर्भमा दबाब दिइरहने बताए।
शिक्षकहरूलाई माग सम्बोधन गरेर विद्यालय फर्काउन सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष दाहालले बताए । तर, सरकार यसतर्फ तयार नै नभएको उनको भनाइ छ।