१३ बैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघसँग नेपाली कांग्रेस दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।
सरकारसँग वार्ता निष्कर्षविहीन बनेपछि देउवाको निर्देशनमा थापा–शर्मा सक्रिय भएका हुन्। सभापति शेरबहादुर देउवाले पनि थापा र शर्मालाई नै शिक्षकहरूसँग समन्वय गरेर विद्यालय फर्काउने जिम्मेवारी दिएका थिए ।
गत चैत २० देखि जारी आन्दोलन समाधानका लागि कांग्रेस संवादमार्फत निकास खोज्दैछ।