१३ वैशाख, काठमाडौँ ।सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ।
हिजो शुक्रवारबाट संसद्को बर्खे अधिवेशन प्रारम्भ भएपछि संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा बनाउन बैठक बसेको हो।
बैठकलाई एमाले अध्यक्ष,संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनात्मक सम्बोधन गर्ने बताइएको छ।