आर्थिक

शिक्षक आन्दोलनले उग्र रुप लिँदा एक शिक्षकमाथि शिक्षकहरु बाटै कुटपिट

१३ वैशाख, काठमाडौँ ।  काठमाडौँमा जारी शिक्षक आन्दोलन तनावपूर्ण बन्दै गएको छ। शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० को बिजुलीबजारमा शिक्षकहरूबीचको झडपमा एक जना घाइते भएका छन्।

कैलाली, धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशी आफ्नै सहकर्मीहरूको कुटपिटमा घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आपसी मतभेदले झडप चर्किदा १५–२० जना शिक्षकले जोशीमाथि आक्रमण गरेका थिए।

शिक्षक जोशीलाई तत्कालै मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याइएको छ। टाउकोमा चोट र शरिरका विभिन्न भागमा चोटपटक लागेका जोशी हाल बोल्न सक्ने अवस्थामा रहेको प्रहरी स्रोतले जनाएको छ।