राजनीति

कांग्रेस महामन्त्रीद्वयले शिक्षक आन्दोलन समाधानका लागि अघि सारे दुई फर्मुला

१३ वैशाख, काठमाडौँ । चैत २० देखि जारी शिक्षक आन्दोलन अन्त्य गर्न कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सहमतिको फर्मुला अघि सारेका छन्।

सरकार एक कदम अघि बढ्ने, शिक्षक एक कदम पछि हट्ने प्रस्ताव गरिएको छ। स्थानीय तहमा विद्यालय रहने सहमति नजिक पुगेको छ भने शतप्रतिशत स्थायीकरण तत्काल सम्भव नभएको स्पष्ट पारिएको छ।

क्याबिनेट निर्णयमार्फत आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने र सडक छाड्नुपर्ने सुझाव कांग्रेस नेताहरूले दिएका छन्। शिक्षक महासंघले सवंपक्षीय छलफलमार्फत टुंगो खोज्ने बताएको छ।