१३ वैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिए । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।
डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की छन् ।