१३ वैशाख, काठमाडौँ । नेपाली काँग्रेस ओखलढुङ्गा=काठमाडौँ उपत्यका सम्पर्क समितिले आज नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान,भित्ते पात्रो वितरण तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। ।
काठमाडौँको चाबहिलस्थित एक पार्टी प्यालेसमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका नेता एनपी साउद रहेका थिए। काँग्रेस केन्द्रीय सदस्य तथा ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा त्यस्तै अर्का केन्द्रीय सदस्य तथा कोसी प्रदेश सांसद प्रदीप सुनुवार विशेष अतिथिको रूपमा उपस्थित भएका थिए।
कार्यक्रममा काँग्रेसका केन्द्रीय नेताहरु साउद र खतिवडाले काँग्रेस बलियाे बनाउन सबै लागी पर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा शुभकामना दिँदै सांसद खतिवडाले पार्टीलाई मजबुत बनाउन वडा वडाबाट सङ्गठन मजबुत बनाउँदै जानु पर्ने धारणा राखे। उनले ओखलढुङ्गाको विकाशको लागी आफूले हर प्रयास गरेको र आगामी बजेटमा धेरै कुराहरू सम्बोधन हुने आश्वासन दिएका थिए।
त्यस्तै प्रदेश सांसद सुनुवारले पार्टीको सङ्गठन निर्माणमा आ आफ्नो ठाउँबाट भूमिका निभाउन स्थानीय नेता कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीप्रति सामाजिक सञ्जालमा आएका आएका धारणालाई पनि मध्यनजर राख्न ओखलढुङ्गाका आम नेता कार्यकर्तालाई सुझाव समेत दिएका थिए।
कार्यक्रम खिला लुइँटेलको सभापतित्वमा भएको थियो भने सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो। साथै सांस्कृतिक महासङ्घ जिल्ला कार्यसमिति ओखलढुङ्गाले सांस्कृतिक प्रस्तुति पनि गरेको थियो।
