१३ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले दुई वटा सबैभन्दा ठुला पार्टीको सरकार बनिसकेपछि पनि अस्थिरता समाप्त नभएको बताएका छन्।
नेपाली काँग्रेस ओखलढुङ्गा काठमाडौँ उपत्यका सम्पर्क समितिले आज नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान,भित्ते पात्रो वितरण तथा चियापान कार्यक्रम बोल्दै नेता साउदले सरकार गठन भइसकेपछि पनि अस्थिरताको चक्र नरोकिएको बताएका हुन्।
उनले दुइ ठुला दल मिलेर बनाएको सरकारलाई असफल हुने छुट नभएको बताए। आफूले पाएको जिम्मेवारी पुरा गर्नेतर्फ लाग्न कार्यकर्तालाई उनको आग्रह छ। आगामी महाधिवेशनले थप र नयाँ जिम्मेवारी पाउन अहिले आफूले पाएको जिम्मेवारे पुरा गर्न सके कुनै समस्या नहुने बताए।
देशमा भइरहेका विभिन्न आन्दोलनका बारेमा सुझबुझका बोल्न सबै बेता कार्यकर्तालाई नेता साउदको आग्रह छ।
कार्यक्रममा शुभकामना दिँदै सांसद खतिवडाले पार्टीलाई मजबुत बनाउन वडा वडाबाट सङ्गठन मजबुत बनाउँदै जानु पर्ने धारणा राखे। कार्यक्रम खिला लुइँटेलको सभापतित्वमा भएको थियो भने सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो। साथै सांस्कृतिक महासङ्घ जिल्ला कार्यसमिति ओखलढुङ्गाले सांस्कृतिक प्रस्तुति पनि गरेको थियो।