ब्रेकिङ न्युज

पूर्व राजा ज्ञानेन्द्र शाहले भनेः हिन्दुमाथीको आक्रमण असह्य र निन्दनीय

१३ बैसाख, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले काश्मीर घटनालाई जोडेर हिन्दुमाथीको घटना निन्दनीय भएको टिप्पण गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मिर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ,’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा परि ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धान्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’ भनेका छन् ।
केहिदिन अगाडी एक नेपाली हिन्दुसमेतको हत्या हुनेगरी काश्मिरमा आक्रमण भएपछि भारत र पाकिस्तानबीच बिबाद बढेको अवस्थामा पूर्व राजा शाहले समबेदना दिँदै उक्त घटनामा हिन्दुमाथी भएको आक्रमणको निन्दा गरेका हुन् ।