१४ वैशाख, काठमाडौँ । नेपाल शिक्षक महासङ्घले देशैभरका शिक्षकहरूलाई आन्दोलनको लागी काठमाडौँ आउन आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै आफ्ना माग मुद्दा पुरा गर्न अन्तिम धक्का दिनको लागी काठमाडौँ केन्द्रित हुन आग्रह गरेको हो।
महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्तिमार्फत आन्दोलनको निर्णायक घडीमा सबै शिक्षक कर्मचारीलाई काठमाडौँ आउन भनेको हुन्।
महासङ्घले विभिन्न पालिकाबाट आन्दोलनमा गएका प्रधानाध्यापक,शिक्षक र कर्मचारीहरूलाई धम्क्याउने सरुवा गर्दिने जस्ता सूचना आएको प्रति आपत्ति जनाएको छ। संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोग प्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सम्बन्धित स्थानीय तहलाई महासङ्घले आग्रह गरेको छ।
