समाचार

पत्रकारिता विभागमा कुटाकुट, उजुरी पुग्यो कालीमाटी प्रहरी वृत्त

१४ वैशाख, काठमाडौँ । त्रिवि  पत्रकारिता तथा आम  सञ्चार केन्द्रीय विभागका बिद्यार्थीहरुबीच कुटाकुट भएको छ । वैशाख १० गते भएको पत्रकारिता तथा आम सञ्चार विभागको प्रथम सेमेस्टरका बिद्यार्थीहरुलाई स्वागत तथा चौथो सेमेस्टरका बिद्यार्थीहरुलाई बिदाइ गर्ने कार्यक्रमको विषयलाई लिएर भएको विवाद कुटाकुट परिणत भएको हो । उक्त कुटाकुटलाई सामान्य धकेलाधकेल भएको भन्ने झडप देख्नेहरूले प्रतिक्रिया दिए ।

कुटाकुटले कालीमाटी प्रहरी वृत्तमा निवेदनसमेत परेको छ । प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यमा प्रथम सेमेस्टरका विद्यार्थी कविता तामाङले आफूमाथि उक्त कार्यक्रमको विषयलाई लिएर केही साथीहरूले आक्रमण गरेको बताउँदै कारबाहीको माग गर्दै कालीमाटी प्रहरीमा निवेदन दिएकी छन् । डिएसपी रूपक खड्कालाई सोध्दा उनले मिलापत्र भएको बताए । महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी खड्काले बिद्यार्थीबीचको दुवैतर्फको इगोका कारण उक्त विवाद आएको र आफूहरूले आएकै दिन मिलापत्र गरेर पठाएको बताए । उनले कुनै समस्या बल्झिए प्रहरीले पुनः बोलाएर छलफल गराउन सक्ने सुर्यखबरलाई जानकारी दिए ।  यस विषयमा उक्त विभागका विभागीय प्रमुख कुन्दन अर्याललाई सोध्दा झडप सामान्य भएको र आफूहरूले मिलाउन प्रहरीलाई फोन गरेको बताए । विभागीय प्रमुख डा अर्यालले विद्यार्थीहरुबीच सामान्य मनमोटाब भएको तर मिलिसकेको प्रतिक्रिया दिएका छन् । विभागीय प्रमुख डा अर्यालले सामान्य भनेको झडप प्रहरी कार्यालय कार्यालय पुगेको छ । 

यसअघि पनि विभिन्न विवादमा कुटाकुट भएको पत्रकारिता तथा आमसञ्चार विभागमा डा अर्यालको प्रवेशसँगै कुटाकुट- झैझगडा/ विबाद कुशासनमा परिणत भएको उक्त कलेजकै प्रध्यापकहरुले प्रतिक्रिया दिन थालेका छन् ।

तेस्रो सेमेस्टरका एक विद्यार्थीका अनुसार डा अर्यालले कलेजमा भएका सानातिना हात हालाहालका विषयलाई पनि मिलाउन नसकी प्रहरी कार्यालय जाने बनाएको र त्रिभुवन विश्वविद्यालयको छविमा नै आँच आउने कार्य गरेको भन्दै डा अर्याल विभागीय प्रमुख भएपछि पत्रकारिता विभागमा विभिन्न विवादहरू आइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

यही वैशाख १० गतेको कार्यक्रममा कविता तामाङलगायतका विद्यार्थीहरूलाई नृत्य प्रस्तुति गर्न, कविता वाचन गर्न, चौथो सेमेस्टरलाई अनुभव सेयर गर्ने कार्यक्रम राखेको भए पनि विभागीय प्रमुख अर्यालको निर्देशनमा कार्यक्रम सञ्चालकले तय गरिसकेको कार्यक्रमबाट कविता तामाङलगायत झन्डै एक दर्जन विद्यार्थीहरूको नाम हटाएका थिए । 

पूर्व उपकुलपति प्रा डा केके कर्माचार्य, त्रिविका प्रिन्सिपल प्रा डा  अक्कल मिश्र, स्ववियू सभापति दीपक राज जोशी, डिन कार्यालयका सहायक डिन डा वामदेव अधिकारी,  तेस्रो सेमेस्टरको परीक्षाको नतिजा अहिलेसम्म प्रकाशित नगरेका अर्यालले आलोचना हुने डरले कार्यक्रम काटेको अनुमान बिद्यार्थीहरुको छ, यानिकी उक्त विभागका आयोजक बिद्यार्थीहरुले भने समय अभावका कारण कार्यक्रम हटाउनुपरेको प्रतिक्रिया दिएका छन् ।

निवेदक प्रथम सेमेस्टर अध्ययनरत कविता तामाङ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरबाट निर्वाचित सांसद दुर्लभ थापाकी साली नाता पर्छिन् । डा अर्यालले उल्टै निवेदक तामाङलाई मिल्न दबाब दिएको खुलेको छ, प्रहरीमा पनि उल्टै मिलापत्र गर्न दबाब दिएको विद्यार्थी तामाङले प्रतिक्रिया दिइन् । विभागीय प्रमुखको निर्देशनमा कविता तामाङलाई राजनीति गरेको आरोप लगाउँदै हातपात गरेको उनको आरोप छ । काँग्रेस पृष्ठभूमि भएकी तामाङलाई आक्रमण गर्न माओवादी पृष्ठभूमि  भएका विद्यार्थीहरू प्रयोग गरिएको देखिन्छ । कविता तामाङले केही अगाडी  सम्पन्न स्ववियू निर्वाचनमा स्ववियू सभापतिमा निर्वाचित दीपक जोशीलाई विजयी गराउन सक्रिय रहेको अन्य पार्टी समर्थकहरूलाई मन नपरेको  हुन सक्ने विद्यार्थीहरूको आङ्कलन छ । डा अर्याल नेकपा एमाले निकट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको  सन्बन्ध सौहार्द छैन, उनी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सल्लाहकारबाट हटाएका थिए । यसअघि उक्त विभाग रत्न राज्य कलेजमा रहेको र झन्डै एक वर्ष अघि त्रिविको प्राङ्गणमा सरेपछि राजनीतिक गन्ध र बिबादहरु बढ्न थालेको पूर्व विद्यार्थीहरू बताउँछन् । डा अर्यालले विभागलाई राम्रोसँग अगाडी बढाउन नसकेको मात्र होइन ध्वस्तै पार्न लागेको उक्त विभागका पूर्व विभागीय प्रमुख प्रबल पोख्रेलले बताए ।  कार्यक्रममा केही प्राध्यापकहरू विद्यार्थीहरूसँग टाँसिएर तमासा देखाएर नाचगान गरेको आफूले देखेको भन्दै उक्त कार्य गलत भएको बताए । प्राध्यापक पोख्रेलले शिक्षकमा डिग्निटी हुनुपर्ने भन्दै शिक्षकले आफ्नो नैतिकता कायम राख्नुपर्ने बताए । 

त्रिवि पत्रकारिता विभागको कार्यक्रममा सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाउँछ’

नतिजा लुकाएको, विद्यार्थीहरुको अनुहार हेरेर, चाकरीको भरमा परिक्षामा नम्बर दिने गरेको भन्दै पत्रकारिता विभागका प्रमुख डा. अर्यालको राजीनामा माग