१४ वैशाख, काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेद्र शाहले जारी गरेको समवेदना वक्तव्यमा आफूलाई श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव उल्लेख गरेको भन्दै कारबाहीको माग गरेका छन्।
उनले पूर्वराजाका संवाद सचिव फणीन्द्रराज पाठकलाई पनि कारबाही गर्नु पर्ने बताएका हुन् ।
आज बसेको संसद् बैठकमा बोल्दै उनले नेपालको संविधानले नचिन्ने कुरालाई वक्तव्यबाजी गर्नु संविधान विपरीत भएको भन्दै आपत्ति जनाए। उनले हिजो १३ गते अन्त्यतै लज्जास्पद वक्तव्य आएको बताउँदै त्यस्तो वक्तव्य जारी गर्ने सचिवलाई पनि कारबाही गर्न संसद्को ध्यानाकर्षण गराएका हुन् ।
सांसद गैरेले यस्तो लेख्न कसरी सम्भव भयो? भन्दै प्रश्नसमेत गरेका छन्। यस्तो लेख्नेमाथि तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ छ।
