समाचार

मिश्र र प्रसाईँलगायतलाई थप अनुसन्धानको लागी म्याद थप्न अदालत लाने तयारी 

१४  वैशाख, काठमाडौँ ।  तीनकुनेको हिंसात्मक घटनापछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उक्त आन्दोलनका कामाण्डर भनिएका दुर्गा प्रसाईँलाई  म्याद थपको लागी आज अदालत लगिने भएको छ।  वैशाख १० गते ३ दिनको म्याद पाएको प्रहरीले आज थप अनुसन्धानको लागी भन्दै म्याद थप्न अदालत पेस गर्न लागेको हो। 

प्रहरीले प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको मुद्दामा अनुसन्धान अघि बढाएको छ । यता नेता मिश्रलाई राजद्रोह र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ। 

तिनकुने घटनामा दुई जनाको ज्यान गएको थियो भने  दर्जनौँ व्यक्ती घाइते भएका थिए। प्रदर्शनकारीहरूले सरकारी तथा निजी भवनमा आगजनी गर्नु को साथै लुटपाट र तोडफोड समेत गरेका थिए।