१४ वैशाख, काठमाडौँ । आन्दोलनरत शिक्षकले प्रहरीमाथि ढुंगामुढा गरेपछि नयाँबानेश्वरमा झडप भएको छ। नयाँबानेश्वरमा आइपुगेका शिक्षक र प्रहरीबिच झडप भएको हो ।
प्रहरीले प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई रोक्न खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको बताइएको छ। शिक्षकहरूले भने घुसपैठ भएको बताएका छन्।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। अहिले बानेस्वर क्षेत्रमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरबितर पारेको छ ।
झडपमा केही शिक्षकहरू घाइते भएको बताइएको छ भने आन्दोलनरत शिक्षकहरूले घुसपैठ भएको बताएका छन्।