शिक्षा

हजुरबाबुको सरकार आएपनि आन्दोलन दमन गर्न सक्दैन, शिक्षक ज्यान दिन तयार छ : शिक्षक महासंघ

१४ वैशाख, काठमाडौँ ।  शिक्षक आन्दोलनमा सरकारको घुसपैठ प्रयासप्रति नेपाल शिक्षक महासंघले कडा आपत्ति जनाएको छ। आइतबार काठमाडौँमा आयोजित विरोधसभामा महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले आन्दोलन भड्काउन नियोजित प्रयास गरेको आरोप लगाए।

“हामी शान्तिपूर्ण शिक्षक हौँ, ज्यान दिन तयार छौँ,” सुवेदीले भने, “सरकारले देखाएको दमनको नाङ्गो रुप अब जनताले बुझिसकेका छन्।  यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन”

महासंघले सोमबार आन्दोलनमा तीनगुणा बढी शिक्षक काठमाडौं भेला हुने जानकारी दिएका छन् ।