१४ वैशाख, काठमाडौँ । बानेश्वरमा भएको शिक्षक र प्रहरीबिचको झडपमा परी ६२ जना शिक्षक घाइते भएको बताइएको छ। चैत २० गते देखी शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै सदाका आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो।
शिक्षकहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको समयमा घुसपैठ भएर प्रदर्शन हिंसात्मक बनेको शिक्षक महासङ्घले जनाएको छ।
घाइते शिक्षकहरूको ट्रमा सेन्टर, एभरेस्ट र सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ। सरकारले कायरता देखाएको भन्दै महासङ्घले सरकारको चर्को आलोचना गरेको छ। शिक्षकहरू आक्रामक बनेपछि प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको थियो।