१४ वैशाख, काठमाडौँ । निर्वाह भत्ताको माग राखेर आन्दोलित आवासीय चिकित्सकहरूले आज पनि प्रदर्शन गरेका छन्। आठौँ तह बराबरको सेवा सुविधा हुनु पर्ने भन्दै उनीहरू चैत २१ गते देखि आन्दोलित बनेका हुन्।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गत माघ २५ गते आवासीय चिकित्सकहरूलाई आठौँ तहको ४८ हजार रुपैयाँ बराबरको निर्वाह भत्ता दिन निर्देशन गरे पनि लागु नभए पछि उनीहरू प्रदर्शनमा आएका हुन्।
आजको र्यालीमा देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक, वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक सङ्घका पदाधिकारी सहभागी भएको बताइएको छ। देशभरका चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा सहभागी थिए।