समाचार

शिक्षकका मागप्रति गम्भीर हुन राष्ट्रियसभाका सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

१४ वैशाख, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विद्यालय शिक्षा विधेयकसम्बन्धीको काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर आन्दोलनरत शिक्षकहरुलाई कक्षाकोठामा फकाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नुपर्नेमा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयक शीघ्र सभामा प्रस्तुत हुनुपर्ने बताईन। सांसद गोपीबहादुर अछामीले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै लघुवित्त पीडित, सहकारीपीडितको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद मायाप्रसाद शर्माले गत चैत २० गतेदेखि क्षिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै सडक आन्दोलन गरिरहेकाले उनीहरुलाई विद्यालय फर्काउने वातावरण बनाउनु पर्ने बताए।