समाचार

प्रहरीसँगको झडपपछि आन्दोलनको समीक्षा गर्न शिक्षक महासङ्घको आकस्मिक बैठक

१४ वैशाख, काठमाडौँ ।  आज बानेस्वरमा प्रहरी र आन्दोलनरत शिक्षकहरूको झडपपछि शिक्षक महासङ्घको बैठक बसिरहेको छ । आइतबार प्रदर्शनमा प्रहरी दमन भएपछि यसको समीक्षा गर्न महासङ्घको बैठक बसेको बताइएको छ। 

झडपमा परी ६२ जना शिक्षक घाइते भएको महासङ्घले जनाएको छ। प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका झडप भएको बताए पनि महासङ्घले भने आन्दोलनमा घुसपैठ भएको  जनाएको छ।  शिक्षा ऐनको माग राख्दै चैत २० गतेबाट सुरु भएको आन्दोलन आज २६ औँ दिनमा आएर झडपमा परिणत भएको हो।