१४ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले पेस गरेको निवेदन सर्वोच्च प्रशासनले आज मात्रै दर्ता गरेको हो ।
महामन्त्री थापाले हालै एक सार्वजनिक कार्यक्रममा ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दामा न्यायालय भागबन्डाको खेलमा रहेको गम्भीर आरोप लगाएको भन्दै उनीमाथि अदालतको अवहेलना सम्बन्धी मुद्दा परेको हो।
आज दर्ता भएको उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ पर्सी मङ्गलवार हुने बताएको छ।