१४ वैशाख, काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू अश्रुग्यासको असरले मात्र आवेगमा आएको र कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको बताएका छन्।
१५ चैत, तीनकुनेमा राजावादी प्रदर्शनपछि पक्राउ परेका मिश्र आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप सुनुवाइका लागि उपस्थित थिए। बयानमा उनले प्रहरीको घेरा तोड्ने, संसद् जलाउने वा ढुंगा हान्न उक्साउने कुनै कार्य नगरेको जिकिर गरे।
“मेरो आँखै अगाडि अश्रुग्यास पड्केपछि नवराजजीलाई बचाउँदै अलिकति आवेगमा आएँ”, मिश्रले भने। उनले शान्तिपूर्ण आन्दोलनमा नागरिकलाई अघि बढ्न भनेको आधारमा हिरासतमा राखिएको गुनासो गरे।
‘त्यसो भन्नु मलाई हिरासतमा राख्नुपर्दछ भन्ने होइन । यो न्याय भएन भन्ने हो,’ मिश्रले भने, ‘म बाँकी जीवन नाक काटेर बाँच्न चाहन्नँ श्रीमान् ।’
मआमाको मुख हेर्ने दिनमा रिहा हुन चाहेको इच्छा पनि व्यक्त गरे। तर सरकारी वकिलले अनुसन्धान नसकिएको भन्दै उनलाई अझै २० दिन हिरासतमा राख्न माग गरेको छ।