समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

 १५ वैशाख, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने बताइएको छ। 

आजको बैठकमा गभर्नर नियुक्तिबारे छलफल हुने अनुमान  छ।एक महिना देखि राष्ट्र बैङ्कको गभर्नर को पद खाली रहेको छ। । 

यस अघि दुई  सत्तारुढ ठुला दल एमाले र काँग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भए पनि अझै आधिकारिक निर्णय हुन सकेको छैन।